नियम ३
इजाजतपत्र लिनु पर्ने
नाट्यशालामा नाटकको प्रदर्शन गर्न गराउन चाहने व्यक्तिले देहायको कुरा समेत स्पष्ट खुलाइ तोकेको अधिकारीको समक्ष नाटकको प्रदर्शन गर्नुभन्दा सात दिन अगावै रीतपूर्वकको दरखास्त दिनु पर्छ :–
(क) सास्कृतिक उत्थानको निमित्त टिकट लगाई वा नलगाई देखाइने, वा
(ख) सार्वजनिक संस्था वा सामाजिक कार्यको निमित्त कोष जम्मा गर्नलाई देखाइने वा,
(ग) व्यवसाय वा मनोरञ्जनको निमित्त टिकट लगाएर देखाइने, र
(घ) नाटक प्रदर्शन गर्ने अवधि र समय ।